image
image
भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखद्वारा राष्ट्रपति पौडेललाई सन्देश

भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखद्वारा राष्ट्रपति पौडेललाई सन्देश


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन् ।

जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टेनमेय, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेंडर भ्यान डेर बेलेन, निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगा सावेद्रा, कतारका अमिरशेख तमिम बिन हमाद अलथानी र स्पेनका पेड्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देश पठाएका हुन् ।

उनीहरुले भूकम्पमा ज्यान गुमाएकाहरुका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यसकासाथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारको तर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनस्थापनाको काममा सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।