image
image
शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सबै दलको एक मत रहेको छ : अर्थमन्त्री महत

शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सबै दलको एक मत रहेको छ : अर्थमन्त्री महत

 

काठमाडौं। शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा सर्वदलीय बैठकमा छलफल भएको अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बताएका छन् । आज प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसंग उनले सबै दल शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा एक मत रहेको बताए ।

उनले भने ‘ शान्ति प्रक्रिया छिटो टुङ्गो लगाउने कुरामा एकमत छ, लोकतान्त्रिक मूल्य र मान्यता र लामो संघर्षबाट यो संविधान बनेको हो । त्यससलाई रक्षा गर्ने कुराहरु र महत्वपूर्ण मुद्दाहरुमा सँगै अगाडि बढ्ने, साझा धारणा बनाउँने कुरामा नै छलफल भयो र यी कुराहरुमा सबै नेताहरुको एकमत छ । ’त्यस्तै उनले वाक स्वतन्त्रताको नाममा भएको मनपरी र व्यवस्थाप्रतिको प्रहारप्रति सबैदल गम्भीर बनेको बताए ।

‘त्रासको कुरा छैन् लामो संघर्षबाट लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित यो संघीय लोकतान्त्रिक व्यवस्था संविधानले निश्चित गरेको छ । यसले सम्पूर्ण अधिकार जनताका अधिकारहरु सुनिश्चित गरेको छ । यही व्यवस्थाको विरोध गर्नेहरुले पनि प्रणालीले दिएको अधिकार त्यो कारणले उपयोग गर्न पाएको अवस्था हो । ’ उनले भने ‘निर्वाद रुपमा सबै जनताले बोल्न पाउँनु पर्छ तर त्यसको दुरुपयोग गर्ने आधारहीन कुुराहरु यी प्रवृति उपयुक्त होईन्, भन्ने कुरा पनि उठेको छ । यो प्रवृति राम्रो होईन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।