image
image
भूकम्प पीडितका लागि एकीकृत समाजवादीले २५ लाख रूपैयाँ सहयोग गर्ने

भूकम्प पीडितका लागि एकीकृत समाजवादीले २५ लाख रूपैयाँ सहयोग गर्ने

 

काठमाडौं । भूकम्प पीडितका लागि नेकपा (एकीकृत समाजवादी) ले  २५ लाख रूपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । आजको सचिवालय बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरी पीडितलाई सहयोग गर्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले भने, ‘कर्णाली प्रदेशका केही जिल्लाहरुमा भूकम्पले पुर्याएको गम्भीर क्षतिप्रति हाम्रो पार्टीले पनि केही सहयोग गर्नुपर्छ भनेर निर्णय गरेका छौं । पार्टीका कार्यकर्ताबाट आर्थिक संकलन गरी केन्द्रिय सरकारको प्राकृतिक प्रकोप तथा राहत उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको छ ।’

बैठकले राजनीतिक नियुक्ति लिएकाहरुले १५ दिनको पारिश्रमिक बराबरको रकम पार्टीको कोषमा जम्मा गर्ने पनि निर्णय गरेको उनले बताए । उनले भने, ‘यही प्रायोजनका लागि हाम्रा पार्टीका मन्त्रीहरु, संघीय सरकार र केन्द्रीय सरकारका मन्त्रीहरु सांसदहरु र जनप्रतिनिधिहरु र राजनीतिक नियुक्तिमा गएकाहरुले १५ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको छ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।