image
image
भूकम्पबाट घाइते भएकाको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

भूकम्पबाट घाइते भएकाको उपचार निःशुल्क गर्ने सरकारको निर्णय

काठमाडौं । जाजरकोट भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले गत शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट घाइते भएका सबैको निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

भूकम्पपीडितहरुको उद्धार कार्य सकिएकाले अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । काठमाडौंमा वीर, ट्रमा, टिचिङ, गंगालाललगायतका अस्पताल अलर्ट अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले नभएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।