image
image

अजोड इन्स्योरेन्सको शेयरमूल्य ३२५ ले बढ्यो, इन्साइडर ट्रेडिङको आरोप !

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको शेयरमूल्य यो साता अस्वभाविक रुपमा वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन प्रतिकित्ता रू. ७०६ कायम रहेको कम्पनीको शेयरमूल्य यो साताको पहिलो कारोबार दिनदेखि नै शेयरमूल्यमा अस्वभाविक वृद्धि भइ अन्तिम दिन प्रतिकित्ता रू. १ हजार ३१ कायम भएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

कम्पनीको शेयरमूल्य यो साताको चार कारोबार दिनमा प्रतिकित्ता रू. ३२५ ले बढेको हो । कम्पनीले चैत १७ गते मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै वैशाख ७ गतेका लागि तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ ।

कम्पनीको हकप्रद शेयर निष्कासनको विषयमा पहिला नै सूचना चुहावट भएको भन्दै लगानीकर्ताहरुले महानगरिय प्रहरी कार्यालय, काठमाडौंमा उजुरी दिएका छन् ।

मंगलवार ५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सार्वजनिक हुुनुभन्दा अघिल्लो दिनदेखि नै कम्पनीको शेयरमूल्य अस्वभाविक रुपमा बढेकाले कम्पनीले सूचना चुहावट गरी भित्रि कारोबार गरेको आरोपमा लगानीकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ७ जना विरुद्ध लगानीकर्ताहरुले उजुरी दिएका हुन् ।

आम लगानीकर्ताहरुले पछिल्लो समय इन्साइडर ट्रेडिङको समस्या बढ्दै गएको भन्दै नियामक निकाय र बजार सञ्चालकले कडाई गर्नुपर्ने माग गरेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचना चुहावटको प्रमाण भएमा कारवाही गर्ने बताइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।