image
image
कार्तिक २३ गते रेशम चौधरीको अन्तिम सुनवाई हुने

कार्तिक २३ गते रेशम चौधरीको अन्तिम सुनवाई हुने

 

काठमाडौं । सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्धाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसाला सुनाईएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्धाको अन्तिम सुनवाई कार्तिक २३ गते हुँदैछ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी विरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले दिएको मुद्धाको सुनवाई कार्तिक २३ गते हुन लागेको हो ।

कानुनी व्यावसायी राधिका खतिवडा लगायतका दर्जनौं कानुन व्यावसायीहरुले बिधिको शासन स्थापित गराउन न्यौपानेको परिवारको पक्षवाट निःशुल्क वकालत गर्दै आएका छन ।

प्रहरी एसएसपी न्यौपानेसहित सो नरसंहारमा एक बालक हत्यासहित ९ जनाको निर्मम तरिकाले हत्या गरिएको थियो । सो अभियोगमा तत्कालिन प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी आफनो कार्यकालभरी थुनिएका थिए ।

तर, सर्वोच्चले जन्मकैदको फैसाला सुनाएको केही दिनमा नै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई बाँकी कैद मिनाहा गरी आममाफी दिएको थियो । जसको बिरुद्ध परेको रिटमाथी कार्तिक २३ गते अन्तिम सुनवाई हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।