image
image
नेपालको चारदिने भ्रमण सकेर न्युयोर्क फर्किए महासचिव गुटरेस

नेपालको चारदिने भ्रमण सकेर न्युयोर्क फर्किए महासचिव गुटरेस

काठमाडौं । नेपालको चारदिने औपचारिक भ्रमण सकाएर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आज न्युयोर्क फर्किएका छन् ।उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाई गरे । विमानस्थलमा उनको विदाइका लागि परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थिए । महासचिव गुटरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

उनी कतार एयरवेजको उडानमार्फत बिहान १० बजेपछि न्युयोर्क प्रस्थान गरेका हुन् । न्युयोर्क फर्कनुअघि गुटेरेसले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए। आइतबार राति काठमाडौं आइपुगेका गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे,गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका राजनीतिक दलका नेताहरू, र मन्त्रीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

नेपाल बसाइका क्रममा उनले आइतबार उपत्यकाको पाटन दरबार स्वायर क्षेत्रसँगै उपत्यका बाहिर पोखरा, सोमबार सोलुखुम्बुको सगरमाथा क्षेत्र मंगलबार अन्नपुर्ण आधार शिविर र लुम्बिनीको भ्रमण गरेका थिए।मंगलबार सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी पुगेका महासचिव गुटरेसले शान्ति भूमि लुम्बिनीबाट इजरायल–हमास युद्ध रोक्नुपर्ने ,म्यानमार,सुडान लगायतका राष्ट्रमा भएको अशान्ति हटाउन अपिल गरे ।

संघीय संसदको दुवै सदनलाई मंगलबार साझ सम्बोधन गरेका महासचिवले संक्रमणकालीन न्यायको केन्द्रमा पीडितलाई राखेर टुङ्याउनुपर्ने,नेपालमा जलवायु परिवर्तनको असर विनाशकारी रहेको र त्यसमा आफूले साथ दिने एवं विश्वशान्तिका लागि नेपालको योगदान प्रशंसनीय रहेको भन्दै मुख्यगरी तीन सन्देश दिएर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।