image
image
आज चियापान कार्यक्रमको आयोजना गर्दै एमाले, नेकपा एसलाई पनि निम्तो

आज चियापान कार्यक्रमको आयोजना गर्दै एमाले, नेकपा एसलाई पनि निम्तो

काठमाडौं । आज नेकपा एमालेले चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो सवा १२ बजेदेखि चियापान कार्यक्रम सुरू हुनेछ ।यसअघि एमालेले हिजो मंगलबार चियापान आयोजना गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम परेकाले चियापान आजका लागि सारिएको थियो ।

चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख लगायतलाई आमन्त्रण गरिएको एमाले प्रचार विभागले जानकारी दिएको छ ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि एमालेले चियापानमा निम्तो गरेको छ । यसअघि एमालेले एकीकृत समाजवादीलाई आफ्ना कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएन । चियापानमा एमालेले नेकपा एसका अध्यक्ष माधव नेपाल, महासचिव घनश्याम भुसाल र नेता झलनाथ खनाललाई पत्र काटेर नै चियापान समारोहमा निम्तो गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।