image
image
पाँच संसदीय समितिको बैठक आज बस्दै

पाँच संसदीय समितिको बैठक आज बस्दै


काठमाडौं ।आज संघीय संसदका पाँच समितिका बैठक बस्दैछन् । प्रतिनिधि सभाका तीन, राष्ट्रिय सभाको एक र संयुक्त समितिको एक गरी पाँच समितिको बैठक बुधबारको लागि बोलाएको संघीय संसद सचिवालयले जनाएको छ ।

आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न लागेको छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

यस्तै, प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र संसदीय सुनुवाइ समितिको पनि बैठक आजै बस्दै छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १४ औं बैठक बिहान ११ः३० बजे बोलाईएको छ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी बिषयका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी महिला तथा सामाजिक मामिला समितिको बैठक आज पनि बस्दै छ । ११ बजे बस्ने बैठकले विभिन्न स्थानका बाल सुधार गृहहरुको अनुगमन सम्बन्धमा समितिले गरेको अध्ययन र मंगलबारको छलफललाई निरन्तरता दिने बताइएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेका लागि बोलाईएको छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकले निर्वाचन आयोगका कामकारवाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।