image
image
आज संसदका तीन समितिको बैठक बस्दै

आज संसदका तीन समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाका कानून, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानून, न्याय तथा मानव अधिकार समितिमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्था र बाल सुधार गृह, भक्तपुरस बाल सुधार गृह, वीरगञ्ज र जयेन्दु बाल सुधार गृह, बाँकेमा भएको घटनाका सम्बन्धमा समितिमा छलफल हुने भएको छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ः०० बजे बस्ने बैठकमा नेपालका कारागारहरूमा रहेका कैदी र थुनुवाहरूको मानव अधिकारको अवस्थासम्बन्धी विषयमा छलफल गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै, प्रतिनिधिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि दिउँसो १ बजे बोलाइएको छ । बैठकमा माछा, दुध, मल र चिनीको बिक्री बितरणमा रहेका समस्या सम्बन्धमा कृषि तथा पशुपंक्षी विकास, उद्योग, वाणिज्य तथा आपुर्ति, गृह र अर्थ मन्त्रालयसँग छलफल गरिने छ ।साथै खाद्य स्वच्छता सम्वन्धी विधेयकको प्रगति विवरण सम्बन्धमा पनि समितिमा छलफल हुने सचिवालयले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।