image
image
टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दिप पनि परे

टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दिप पनि परे

 

काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।आगामी कात्तिक १३ गतेदेखि सुरु हुने सो खेलका लागि १५ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टि–२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा आज गरेको हो।

जसअनुसार कप्तान रोहित पौडेलको नेतृत्वको नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी परेका छन्।

सन्दीप लामिछानेले विश्वकप छनोटको तयारी स्वरूप खेलिएको त्रिदेशीय टी–२० सिरिज नखेले पनि विश्वकप छनोट खेलमा भने समावेश हुन पुगेका छन् । उनले मानशिक तनावको कारण देखाउँदै छनौटको तयारी स्वरुप खेलिएको खेल भने खेलेका थिएनन ।

सो प्रतिस्पर्धामा कुल ८ देश सहभागी हुनेछन, जसका लागि २ समूह बनाइएको छ। घरेलु मैदानमा सो खेल खेल्न लागेको नेपाल भने समूह ‘ए’ मा परेको छ, जुन समुहमा मलेसिया, ओमन र सिंगापुर रहेका छन भने समूह ‘बी’ मा भने बहराइन, हङकङ, कुवेत र युएईको टिम रहेको छ ।

एसिया छनोट खेल आगामी कात्तिक १३ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको मैदान र मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ । क्यानका अनुसार समूह ए का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन भने समूह बीका सबै खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।