image
image
चौथो एसियाली पारा खेलकुद, पावर लिफ्टिङमा दुर्गामान १२ औँ स्थानमा

चौथो एसियाली पारा खेलकुद, पावर लिफ्टिङमा दुर्गामान १२ औँ स्थानमा


काठमाडौं । चौथो एसियाली पारा खेलकुदअन्तर्गत पावर लिफ्टिङमा नेपालका दुर्गामान तामाङले १२ औँ स्थान हाँसिल गरेका छन् । चीनको हाङझावस्थित एक्सएससी जिम्न्याजियममा भएको पुरुष ७२ केजीमुनि समूह ‘बी’ मा दुर्गाले पहिलो लिफ्टमा ८५ केजी भार वहन गरे । दोश्रो र लिफ्टमा उनले समान ९१–९१ केजी वजन उठाउने प्रयास गरेपनि सफल भएनन् ।

यदि उनले सो भार ९९१ ० केजी वजन उचाल्न सफल भएको भए राष्ट्रिय कीर्तिमान हुने प्रशिक्षक सञ्जय महर्जनले जनाएका छन् । योसँगै बुधबार जारी खेलमा पावर लिफ्टिङमा नेपालको यात्रा टुंगिएको छ । १२ खेलाडी नै सहभागी उक्त खेलमा उनले १२ औँ स्थानमा चित्त बुझाउनुप्यो ।

नेपालबाट पावर लिफ्टिङमा २ पुरुष खेलाडी सहभागी थिए । दुर्गाअघि प्रतिस्पर्धा गरेका पवन घर्ती मगरले ४९ केजीमुनि ७६ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ७५ केजीको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।