image
image
त्रिकोणात्मक श्रृंखलाः हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

त्रिकोणात्मक श्रृंखलाः हङकङलाई हराउँदै नेपाल फाइनलमा प्रवेश


काठमाडौ‌, ४ कार्तिक । हङकङमाथि ७९ रनको सहज जित हात पार्दै नेपाल यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पुगेको छ । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै शनिबार मुलपानी क्रिकेट मैदानमा नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो ।

उसका लागि अंशुमन रथले सर्वाधिक ४५ रन बनाए । नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २÷२ विकेट लिए भने दीपेद्र सिंह ऐरी र प्रतिश जिसीले एक एक विकेट लिए ।यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी १४५ रनको साझेदारी गरे ।टी–२० आईमा पाँचौ विकेटका लागि यो नै उच्च साझेदारी हो । यसअघि जिल्याण्डका मार्क च्यापम्यान र जिमी निसमले पाकिस्तानविरुद्ध पाँचौ विकेटका लागि अविजित १२१ रनको साझेदारी गरेका थिए ।

कीर्तिमानी साझेदारी गर्ने क्रममा ३० बलमा ५० रन पूरा गरेका ऐरी १९औं ओभरको अन्तिम बलमा ५७ रनमा आउट भए । ३४ बलको सामना गरेका उनले दुई छक्का र ६ चौका हानेका थिए । मल्ल भने ८ रनले शतक बनाउन चुके । शतकका लागि उनलाई ८ रन चाहिएको थियो र २ बल बाँकी पनि थियो । तर बाउन्ड्री हान्ने प्रयासमा मा उनी आउट भए । ४१ बलको सामना गरेका उनले ९ वटा छक्का र तीन चौकाको मद्दतमा ९२ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।