image
image
आजदेखि सुरु हुँदै एनआरएनको १९औँ महाधिवेशन, यि हुन मुख्य प्रतिस्पर्धा

आजदेखि सुरु हुँदै एनआरएनको १९औँ महाधिवेशन, यि हुन मुख्य प्रतिस्पर्धा

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ। होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उदघाटन हुँदैछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।

यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६/६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्। अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन् ।

एनआरएनएको यस महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।