image
image
प्रमोद खरेलको प्रियसीमा प्रकाश सपुत र समीक्षाको अभिनय

प्रमोद खरेलको प्रियसीमा प्रकाश सपुत र समीक्षाको अभिनय

काठमाडौं, २९ असाेज। गायक प्रमोद खरेलको स्वर रहेको प्रियसी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जसमा गीतकार कुमार शिवाकोटीका शब्द तथा पुष्प गजमेरको संगीत रहेको छ । सुमित विश्वकर्माको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ भारतको चेन्नईमा गरिएको हो ।  भिडियोले आफूलाई भन्दा पनि बढी माया गरेकी प्रेमिकाले दिएको धोकापछिको अवस्थालाई देखाएको छ ।

आफूले माया गरेको मान्छेले धोका दिएपछि एउटा प्रेमीले सबै कुरा त्यागेर हिड्नु परेको अवस्थालाई निर्देशक निकेश खड्काले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।  जसमा गायक तथा मोडल प्रकाश सपुत र समीक्षा पोखरलको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन् । अमेरिकामा रहेका गीतकार शिवाकोटीले यसअघि  ‘भिझाएर आँशु’, पिरतीको खेल र  ‘सानीलाई’ बजारमा ल्याइसकेका छन् भने उनका सिउँडीको काँडैमा र हामी नेपाली बोलका गीतहरु रिलिजको क्रममा रहेका छन् । गीत लेखनमा आफ्नो सक्रियता बढाइरहेका गीतकार शिवाकोटीले अहिलेसम्म २ दर्जन बढी गीतहरु आफ्नै शब्दमा रेकर्ड गराइसकेका छन् । सार्वजनिक गीतको भिडियो जन्मभूमी इन्टरटेनमेन्ट मार्फत बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/BUJqeIlKfr4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।