image
image
अर्को गठबन्धन बनाउन उचित हुन्छ भन्ने संस्थागत छलफल गरौं :  विश्वप्रकाश शर्मा

अर्को गठबन्धन बनाउन उचित हुन्छ भन्ने संस्थागत छलफल गरौं :  विश्वप्रकाश शर्मा


काठमाडौं, २९ असोज । कोशी सरकार गठन प्रक्रियामा शेखर कोइराला पक्षधरले अपनाएको ‘तरिका’ प्रति नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कोइराला पक्षधर केदार कार्कीं मुख्यमन्त्री बने पछि महामन्त्री शर्माले असन्तुष्टी जनाएका हुन् ।

उनले कोशी सरकार गठन पछि कोइरालाले चालेको कदममा टिप्पणी गर्दै भनेका छन, ‘सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न ।’उनले गठबन्धन परिवर्तन गर्ने भएमा सल्लाहमा नै संस्थागत निर्णय गर्न सकिने जनाएका छन् । उनले पहिला पनि पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नहुने अडान आफु र अर्का महामन्त्री गगन थापाले राखेको स्मरणसमेत गराएका छन् ।

‘काँग्रेस, माओवादी र एसको गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो, काँग्रेसको संस्थागत निर्णय पनि यहि हो । पुस १० मा टुटे पछी विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं, तर पार्टीको संस्थागत निर्णय मान्यौं,’ शर्माको प्रस्ताव छ, ‘यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं, सँधै यो बोकि रहनुपर्छ, जरुरी छैन । तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।’

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

‘कोशी घटना’ लाई ‘डढेलो’ बन्न नदिन संयम र परिपक्वता राखौं । ‘गणितीय जटिलता’ अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृस्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो– कोशिमा एमाले सहितको समाधान खोजौं, तर मौजुदा गठबन्धन कायमै राखेर ।

काँग्रेस, माओवादी र एसको गठबन्धन संसद विघटन विरुद्ध बनेर गत चुनावबाट अनुमोदित हो, काँग्रेसको संस्थागत निर्णय पनि यहि हो । पुस १० मा टुटे पछी विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौं, तर पार्टीको संस्थागत निर्णय मान्यौं ।

यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौं, सँधै यो बोकिरहनुपर्छ, जरुरी छैन । तर संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न ।

सल्लाहले ‘डिभोर्स’ गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न– पुस १० पनि नबिर्षौं ।माओवादीको यक्ष प्रश्न, कोशिमा एमाले नेतृत्वको सरकार छोड्यौं, सभामुख छोड्यौं, काँग्रेसलाई दुइपटक ‘ब्ल्याङ चेक’ दियौं, तेस्रोपटकमा हामीले किन पाउने ?

काँग्रेसको एउटा गुटपछि अर्कोले पालो पाउनुपर्ने तर हामीले नपाउनु पर्ने ? यो गठबन्धन दलहरुको कि गुटहरुको ?कोशी ढुक्कै काँग्रेसको भागमा, कर्णाली माओवादीको या मधेस पुरै जसपाको भन्ने कुनै सहमति भएको छैन, सबै प्रदेशमा आलोपालो हुने हो, परिपक्व ढंगले यो व्यवस्थापन गर्नुपर्छ ।

गठबन्धन कि गर्नुहुन्न, गरेपछि राम्रो–नराम्रो सबै ब्यहोर्नुपर्छ, एकल बहुमत नभएपछि सहकार्यको संस्कृति मान्नैपर्छ ।सहकार्यको संस्कृति पालना गर्न हामीलाई निर्वाचनले नै निर्देश गरेको स्थिति हो, गणित नै त्यस्तो छ, एक्लै कुनै दलले संघ या प्रदेशमा नेतृत्व गर्न सक्दैन । यस्तो बेला नेतृत्वले निरन्तर संवाद मार्फत संगठित संयम र एकीकृत परिपक्वता प्रस्तुत गर्न जरुरी छ ।

अनि जरुरी छ गम्भीर आत्मसमिक्षा । व्यक्ति चयनमा संस्थागत प्रक्रिया न सभापतिले अपनाउनु भयो, न ‘फरक विचार समुहको नेता’ ले आफ्नै समुहभित्र ‘साझा मत’ खोज्नुभयो, थोरै फरक, करिब उस्तै शैलिले पार्टीको हित हुन्न । जमाना बदलिएको छ, अब तपाईंहरु बदलिनुस्, हामी बदलिन तयार छौं, पार्टीको हित तपाईं हामी बदलिनुमा सन्निहित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।