image
image

राजनीतिक दलसँग आवद्ध भएर चल्नुभयो भने एनआरएन चल्दैन : पुर्व परराष्ट्रमन्त्री खड्का

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नहुन पुर्व परराष्ट्रमन्त्री नारायण खड्काले आग्रह गरेका छन् । आज विजया दशमीको अवसरमा आयोजित गैर आवासीय नेपाली संस्कृति र लगानी संवाद तथा चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा हरेक क्षेत्रमा राजनीतिकरण बढी मात्रामा भएको बताए ।

कार्यक्रममा उनले भने, ‘एनआएनहरुलाई मेरो आग्रह तपाईहरु कुनै पनि राजनीतिक दलसँग आवद्ध नभइदिनुस् । नेपालमा हरेक क्षेत्रमा राजनीति छ । यसले गर्दा विकृति विसंगति बढेको छ । यहाँको राजनीतिक दलसँग आवद्ध भएर चल्नुभयो भने एनआरएन चल्दैन ।’उनले विदेशिनेको संख्या बढ्दो क्रममा देखिएको र नेपाल प्रतिको एनआरएनको सदभाव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।