image
image
सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने छ :  शेखर कोइराला

सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने छ :  शेखर कोइराला

काठमाडौं, २८ असोज । सेनामा राजनीतिक चलखेल भएमा त्यसले दुर्घटना निम्त्याउने नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चेतावनी दिएका छन् । उनले सेनामा त्यस्तो गलत कार्य गर्न नहुने भन्दै त्यस किसिमको प्रयाशको आलोचना गरेका छन् ।

नेता कोइरालाले आज बिहान सामाजिक सञ्जालमा एक्समा सेनामा माओवादीको पूर्वलडाकुका निम्ति नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन्।नेपाली सेना राष्ट्रिय सुरक्षासँग जोडिएको संस्था भएकाले यसलाई सधैँ राजनीतिबाट अलग राख्नुपर्ने कोइरालाको धारणा छ ।

नेता कोइरालाले लेखेका छन्, “नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।