image
image
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आज

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ आज


काठमाडौं, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथसँगै मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् ।प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शनिबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।मुख्यमन्त्री कार्कीको शपथग्रहण दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा हुन लागेको हो । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिएको छ ।

मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए । उनलाई गठबन्धन दलले मुख्यमन्त्रीका लागि समर्थन गरेका थिए । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्ट कांग्रेसको शेखर कोइराला पक्षका केही सांसदहरु तथा नेकपा एमालेका सांसदहरुको समर्थनमा कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

दुवैजनाको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले सनाखतका लागि बोलाएका थिए । त्यस क्रममा कार्कीका पक्षमा बहुमत सांसद देखिएपछि उनैलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।सनाखतमा कार्कीको पक्षमा बहुमत पुगेसँगै उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ गरी ४७ सांसदले कार्कीको पक्षमा हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।