image
image
सभापति लामिछानेको व्यङ्ग्यः उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाँही किन बेग्ला बेग्लै ?

सभापति लामिछानेको व्यङ्ग्यः उद्देश्य, कार्यशैली, चरित्र, गन्तव्य एउटै भएपछि सटरचाँही किन बेग्ला बेग्लै ?


काठमाडौं, २७ असोज । गत उपनिर्वाचनमा आफू र स्वणिम वाग्लेलाई हराउन ड्राफ्ट तयार भएको महागठबन्धनले कोशीमा सार्थकता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिप्पणी गरेका छन् । उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै आगामी निर्वाचनमा एकै चुनाव चिन्ह्रबाट लड्नेगरी ‘‘महागठबन्धनवादी मोर्चा’’ घोषणा गर्न सुझाएका छन् ।

गठबन्धनको सहमतिविपरित एमालेको समर्थनका कांग्रेसका केदार कार्की मुख्यमन्त्री बनेपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पुराना पार्टीको एउटै उद्देश्य भएको टिप्पणी गरेका हुन् ।

लामिछानेले लेखेका छन्, ‘गत उप–निर्वाचनमा मलाई र डा. स्वर्णिम वाग्लेलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठबन्धनले आज कोशीमा सार्थकता पाएछ । राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन गरी, सकेसम्म चुनाव चिन्ह समेत एउटै हुने गरि महासहमति पनि गर्नु होला ।’

उनले पुराना राजनीतिक दलको उद्देश्य,कार्यशैली,चरित्र,गन्तव्य एउटै भएको व्यङ्ग्य गर्दै सबैलाई एक ठाउँमा आएर महागठवन्धन मोर्चा बनाउन टिप्पणी गरेका छन् । ‘ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणा सभाबारे पनि सुन्न पाइयोस् । उद्देश्य एयटै,चरित्र एउटै,गन्तव्य एउटै भएपछि सटर चाँही किन बेग्लाबेग्लै?’, लामिछानेले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।