image
image
कोशीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

कोशीमा मुख्यमन्त्री नियुक्ति हुँदै, सो अघि सांसदको सनाखत हुने

काठमाडौं, २७ असोज । कोशी प्रदेशको मुख्यमन्त्रीमा दुई जनाको दाबी परेपछि मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयले आज सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरेर आज बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ ।

प्रवक्ता नेरेन्द्र कुमार कार्की द्वारा जारी विज्ञप्तीमा मुख्यमन्त्री पदको दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “मुख्यमन्त्री पदमा नियुक्ति गरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ ९५० बमोजिम आह्वान गरेको समयभित्र प्रदेश सभा सदस्यहरू इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७÷४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेकाले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय भएको छ ।”

सरकार गठन गर्न कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले दिएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी गरेका सक्तारुढ कांग्रेस संस्थापन इतर पक्षका सांसद केदार कार्कीसहित ४७ जना सांसदले उनलाई नियुक्ति गर्न दाबी गरेका हुन् । नेकपा एमालेका ३९ जना र नेपाली कांग्रेसका आठ जना सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त गर्न कार्कीले दाबी प्रदेशप्रमुख समक्ष दाबी पेस गरेका थिए ।

शुक्रबार दिउँसो नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेता केदार कार्की र उनका समर्थनमा हस्ताक्षर गर्ने सात जना सांसदलाई हस्ताक्षर फिर्ता गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

इता, हिजो साँझ केन्द्रमा बसेको सत्तारुढ गठबन्धनको बैठकले भने प्रदेशमा एमालेसँग मिलेर सरकार बनाउने विषय मान्य नहुने निणर्य गरेको छ । नेकपा माओवादीले प्रदेशको नेतृत्वको लागि अघि सारेको सदस्यलाई ब्याक गरेर कोशीमा कांग्रेसलाई नेतृत्व दिनेमा सहमति जनाएको छ । तर, कांग्रेसभित्रको संस्थापन पक्ष र इतरबीचको असमझदारीले कोशीको राजनीति झन जटिल बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।