image
image
इजरायलमा रहेका विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री आफैँ जाने

इजरायलमा रहेका विद्यार्थीलाई लिन परराष्ट्रमन्त्री आफैँ जाने

 

काठमाडौं, २४ असोज । सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा रहेका नेपाली विद्यार्थी लिन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोलीलाई पठाउने निर्णय गरेको हो।

सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली विद्यार्थी लिन आज राति साढे २ बजे नेपाल वायु सेवा निगमको जहाज इजरायल जाने बताइन्। नेपालबाट दुबई ुट्रान्जिटु भई जहाज इजरायल पुग्ने छ ।

जहाज भोलि बिहान ९ बजे इजरायल पुग्नेछ र त्यहाँबाट ९ बजेर १० मिनेटमा उडेर भोलि राति साढे ८ बजे नेपाल अवतरण गर्ने तालिका छ। विवरण दिनेमध्ये दुई सय ८८ जनाले नेपाल फर्कन र ३६ जनाले स्थानान्तरण हुन चाहेको बताएका छन्।

प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा परि १० जना नेपालीको ज्यान गएको छ। चार जना घाइते भएका छन् र एक जना अझै सम्पर्कविहीन छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।