image
image
आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन : डोलप्रसाद अर्याल

आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला भएको छैन : डोलप्रसाद अर्याल


काठमाडौं, २४ असोज । आफ्ना नेता कार्यकर्ताहरूको मूल्याङ्कन गर्ने बेला नभएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले बताएका छन् । 

आज पार्टीको प्रथम काठमाडौं जिल्ला भेला कार्यक्रममा बोल्दै उनले पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुने तर कसैमाथि पनि आक्रामक रुपले प्रस्तुत हुने र कारवाही गर्ने खालको काम गर्न नहुने बताए । 

उनले भने ‘पार्टी निर्माण गर्दै गर्दा नजानेर पनि साना–साना कमी कमजोरीहरू हुन सक्ने र पार्टीले नीति बनाउन नसक्दा केही कमजोरी हुन सक्नेछ । त्यसैले हाम्रा नेताहरूको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । कसैमाथि पनि आक्रामण रूपले प्रस्तुत हुने र कारवाही गर्ने खालको कामबाट हामी टाढा रहनु पर्छ ।’ उनले पार्टीभित्र विभिन्न प्रकारका डर, शंका, उपशंकाहरु उब्जेको अवस्थाबाट आफूहरू गुज्रिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।