नागरिक एपका लागि डेटा निःशुल्क गर्ने तयारी
काठमाडौँ माघ १२ । सरकारले नागरिक एप प्रयोग गर्दा खर्च हुने मोबाइल डेटा निःशुल्क गर्ने तयारी गरेको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम सेवा प्रदायकसँग डेटा निःशूल्क गर्न छलफल गरिरहेको छ ।
अहिले ‘नागरिक एप’प्रति आमनागरिकको आकर्षण बढेको छ । माघ पहिलो साता सार्वजनिक गरिएको नागरिक एप डाउनलोड गर्नेको संख्या सोमबारसम्म २ लाख ३९ हजार ७७० पुगेको थियो । यस एप्पको प्रयोगकर्ता बढेसँगै सरकारले प्रयोगकर्तालाई सहज होस् भनेर उक्त सुविधा प्रदान गर्न सरकार छलफलमा जुटेको बताए ।
हाल परीक्षणको चरणमा रहेको नागरिक एपमा ९ ओटो सेवाहरु राखिएको छ । हाल एप मार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, तथा मतदात परिचयपत्र सम्बन्धि विवरणहरु प्राप्त गर्न सकिने छ ।