image
image
इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको भर्चुअल कुराकानी

इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको भर्चुअल कुराकानी

काठमाडौं, २२ असोज ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको एक बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीसँग भर्चुअल कुराकानी गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको भिडियोमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्, सर्वदलिय बैठक बोलाएर सकुसल नेपाल फर्काउन आवश्यक पहल गरिरहेको बताए ।

उनले भने ‘मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । सर्वदलिय बैठक पनि बोलाइएको छ । इजरायली राजदुताबासमा पनि कुरा भइहरेको छ । सायदअहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला । यो सबै चाँहि तपाईले त्यहाँ विद्यार्थीहरुलाई कम्युनिकेट गर्दिनु पर्यो । ’

“सिक्दै कमाउदै’’कार्यक्रमअन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टोली प्रमुख विपिन सुवेदीसंगको मेसेन्जरबाट भिडियो सम्बादगर्दै उनले सरकारले चाँडै आवश्यक काम गर्ने वचन दिए । अहिले बङ्करमा सुवेदीले आफूले इजरायलमा रहेका नेपालीलाई नेपालको पछिल्लो तयारी लगायतका विषयमा जानकारी गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।