image
image
जिप दुर्घटना, घाइतेहरुको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयोः सुदन किराती

जिप दुर्घटना, घाइतेहरुको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयोः सुदन किराती

 

काठमाडौं, २२ असोज । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भिर घाइतेहरुको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।

सोमबार समाजिक संञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइते भएको उनिहरुको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।

उनले लेखेका छन्,‘ हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइतेहरुलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’

बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै,अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी रहेको उनको भनाई छ । हिजो सिमकोट गाउँपालिका –५, ग्वाले ढुस्कामा सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।