image
image
इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन : सांसद गिरी

इजरायलमा रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन : सांसद गिरी

 

काठमाडौ, २१ असोज । इजरायलमा हमास ले गरेको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूको उद्धार गर्न ढिलाई नगर्न नेकपा एमालेका प्रमुख सचेतक तथा सांसद पदम गिरीले सरकारलाई आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले यो विषयमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्ने बताए । ‘ति नागरिकको अभिभावका यो सरकार हो भने उनीहरूको उद्धार गर्न ढिलाई गर्न हुँदैन । यसमा सरकारले अत्यन्त प्रभावकारी ढंगले आफ्नो कदम उठाउनु पर्छ । सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्र पुग्दैन । ’

उनले प्रधानमन्त्री दाहाल र इजरायलका प्रधानमन्त्री बिच कुरा हुनुपर्ने र नागरिकहरूको जीवन रक्षाको लागि छलफल गर्नु पर्ने बताए । देशमा अवसर नपाएर विदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरूले यस्ता धेरै पाडाहरू भोगेको उनको भनाई छ । यदि जो कोही नेपाली स्वदेश फर्किन चाहन्छन भने सरकारले सम्बन्धी निकायसँग कुरा गरेर नेपाल ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।