image
image
प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता हो : परराष्ट्रमन्त्री साउद

प्राविधिक र व्यावसायिक शिक्षा आजको आवश्यक्ता हो : परराष्ट्रमन्त्री साउद

 

काठमाडौं, २० असोज ।  परराष्ट्र मन्त्री नारायण प्रकाश साउद (एनपी) ले शैक्षिक क्षेत्रको राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर व्यावसायीक शिक्षाको गुणस्तरलाई बढाई अगाडि लैजान जीवनोपयोगी शिक्षाको आवश्यकता भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित जीपि कोईराला मेमोरियल सामुदायिक कलेजद्वारा आयोजित एक कार्यक्रमको सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रलाई सुधार गर्न व्यावसायीक र प्राविधिक शिक्षा आवश्यक भएको बताए ।

उनले भने,‘अहिले प्राविधिक र व्यवसायीक शिक्षाको आवश्यकता मूलुकभरी बढेर गएको छ, र यो व्यवसायीक शिक्षा जीवनउपयोगी भएकाले रोजगारी पनि दिन्छ आज त्यो शिक्षाको मूलुकमा आवश्यकता छ ।’

उनले राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर अगाडि लैजाने विषय महत्पवूर्ण भएको उल्लेख गरे । उनले भने,‘हामीले शैक्षिक क्षेत्रमा राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर र जनशक्तिको आवश्यकतालाई दृिष्टगत गरेर शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाएर कसरी अगाडि लैजान सक्छौं भन्ने कुरा महत्वपूर्ण छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।