image
image
अक्षयकुमारको ‘मिशन रानीगञ्ज’को पहिलो दिनको कमाई २.८ करोड

अक्षयकुमारको ‘मिशन रानीगञ्ज’को पहिलो दिनको कमाई २.८ करोड

 

काठमाडौं, २० असोज । अक्षय कुमारको ‘मिशन रानीगञ्ज द ग्रेट भारत रेस्क्यू’ र भूमि पेडनेकरको ‘थ्याङ्क यू फर कमिङ’ अक्टोबर ६ मा सिनेमाघरमा एकैसाथ रिलिज भएका थिए। यो फिल्म सन् २०२३ को सबैभन्दा प्रतिक्षित फिल्म थियो र यसको रिलिजलाई लिएर फ्यानहरु निकै उत्साहित थिए तर अहिले ‘मिशन रानीगञ्ज’ र ‘थ्याङ्क यु फर कमिङ’ हलमा पुगेपछि यी दुवै चलचित्रले पहिलो दिन बक्स अफिसमा खासै प्रतिक्रिया पाउन सकेनन । पहिलो दिनको प्रदर्शन निकै कमजोर रहेको बताइएको छ ।

‘मिशन रानीगञ्ज’ वास्तविक जीवनका नायक जसवंत गिलको कथा हो । फिल्ममा अक्षय कुमारले जसवंत गिलको भूमिका निर्वाह गरेका छन् । यो फिल्म पश्चिम बंगालको रानीगञ्जमा रहेको कोइला खानीमा ६५ जना कामदार फसेको वास्तविक घटनामा आधारित छ। अक्षय कुमार स्टारर चरित्र जसवंत सिंह गिलले सबै ६५ खानीमा रहेका कामदारहरूको जीवन बचाउँछ। यस घटनापछि जसवंत सिंह गिललाई ‘क्याप्सुल गिल’ भनेर चिनिन थाल्यो ।

यो चलचित्रलाई लिएर धेरै अपेक्षा गरिएको थियो तर रिलिजको पहिलो दिन दर्शकलाई हलमा आकर्षित गर्न सकेन । अब ‘मिशन रानीगञ्ज’को रिलिजको पहिलो दिनको कमाईको प्रारम्भिक तथ्यांक पनि आएको छ । सैकनिल्कको प्रारम्भिक प्रतिवेदन अनुसार ‘मिशन रानीगञ्ज’ ले पहिलो दिनमा जम्मा २.८ करोड रुपैयाँ कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।