image
image
शिक्षक आन्दोलनको सहमति प्रति सिके राउत असन्तुष्ट

शिक्षक आन्दोलनको सहमति प्रति सिके राउत असन्तुष्ट

 

काठमाडौं, २० असोज । जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश (सिके) राउतले हालै भएको शिक्षक महासंघसँग सम्झौता प्रति असन्तुष्टी प्रकट गरेका छन् ।नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र विद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टी प्रकट गरेका हुन् । विद्यालय शिक्षा विद्येयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो ।

‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रहयो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गरयो, ६ खण्डमा त्यहाँ ३२ बुँदाहरु छन्,’ उनले भनेका छन, ‘त्यसमा एउटा मात्रै बुँदा पनि विद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुँदा पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस, एक शब्द छैन ।’ उनले सामाजिक सञ्जालबाट आफनो दृष्टीकोण राख्दै अगाडी प्रश्न गरेका छन्, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।