image
image
प्रधानमन्त्री र राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना, आपसी सद्भावलाई मजबुद बनाउन अपिल

प्रधानमन्त्री र राष्ट्रपतिद्वारा जितिया पर्वको शुभकामना, आपसी सद्भावलाई मजबुद बनाउन अपिल


काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील बनाउँने भन्दै सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्ने बताए ।

यस्ता ऐतिहासिक दिनहरूले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात् गरी सामाजिक सांस्कृतिक सहिष्णुता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । प्रचलित संस्कार, संस्कृति र पर्वहरूले सामाजिक जीवनपद्धत्तिका विविध पक्षहरूलाई गतिशील तुल्याउँछन् । सांस्कृतिक पहिचान र प्रतिधिनित्व गर्ने यस प्रकारका मौलिक पर्वहरूले विविधताभित्रको एकता र राष्ट्रिय स्वाधीनतालाई सुदृद्धसमेत गर्दछन् ।’ सन्देशमा लेखिएको छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक जात, जाति, धर्म, संस्कृति तथा समुदायको सह–अस्तित्व स्वीकार गर्दै आपसी सद्भावलाई थप मजबुत बनाउन सम्पूर्णलाई अपिल गरेका छन् ।

जितिया पर्व, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको बताएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा यस्ता मौलिक चाड पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको छ । जितिया पर्व जस्ता मौलिक चाडपर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको मैले महसुस गरेको छु ।’ सन्देशमा लेखिएको छ ।

नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण सृजना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वहरूको संरक्षण गर्नु आवश्यक भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।