image
image
विदेश उत्तम, स्वदेश खत्तम भन्ने सामाजिक मनोविज्ञान बन्दै गएको छ :  मन्त्री राई

विदेश उत्तम, स्वदेश खत्तम भन्ने सामाजिक मनोविज्ञान बन्दै गएको छ :  मन्त्री राई

 

काठमाडौं, १६ असोज । विदेश उत्तम स्वदेश खत्तम भन्ने खालको मनोविज्ञान सामाजिक मनोविज्ञान बन्दै गएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बताएका छन् । प्रतिनिधि सभाअन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले युवाहरु बाहिरिने प्रवृत्ति बढ्दै गएको भन्दै भएका विश्वविद्यालयहरु खत्तम होइन, नयाँ विश्वविद्यालयहरुले बाहिर जाने विद्यार्थीको संख्यालाई कम गर्न सकिन्छ भनेर नयाँ विश्वविद्यालय विधेयक ल्याएको बताए ।

उनले भने, ‘विदेश उत्तम स्वदेश खत्तम भन्ने खालको मनोविज्ञान सामाजिक मनोविज्ञान नै बन्न खोजिरहेको छ । यसलाई हटाउनु पर्ने अवस्था छ, यो विद्यालय शिक्षाको माध्यमबाटै यसको सुरुवात गर्नुपर्छ । अहिले भएका विश्वविद्यालयहरु खत्तम छन् भन्ने मात्रै होइन, नयाँ विश्वविद्यालयहरु बन्दा बाहिर जाने विद्यार्थीहरुलाई पनि हामीले रोक्न सक्छौ भन्ने प्रसंग मात्रै उठाएको हो ।’

उनले अहिले भएका विश्वविद्यालयहरुमा प्रधानमन्त्री, कुलपति, शिक्षामन्त्री सहकुलपति रहने ढाँचा रहेको भन्दै विश्वविद्यालयहरुलाई त्यो प्रक्रियाबाट मुक्त गरिएको बताए । पाठ्यक्रममा नयाँ टिमले काम गर्दा विदेश पलायन भएका युवाहरुलाई केही प्रतिशत रोक्न सक्ने सम्भावना देखिएको पनि उनको भनाई छ ।

उनले भने, ‘नेपाल विश्वविद्यालयसम्बन्धी विधेयक समितिमा प्रस्तुतभएको छ । हाम्रो उच्च शिक्षामा देखिएको समस्या भनेको विद्यार्थीहरु १२ कक्षा सकिएपछि देशमा अध्ययन गर्न नचाहने र उनीहरुलाई रोक्न नसकेको अवस्था छ । देशमा रोक्ने वातावरण पनि बनाउन नसकेको अवस्था छ । मन्त्रालयले त्यस बारेमा ध्यान दिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।