image
image
पशुपति जलहरी प्रकरणः सदस्य सचिव थापा र निर्वतमान सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

पशुपति जलहरी प्रकरणः सदस्य सचिव थापा र निर्वतमान सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौ, १४ असोज । अख्तियार दुरुपयोग अनुसन्धानआयोगले पशुपति जलहरी प्रकरणमा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलन कुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पशुपतिनाथम न्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको आरोपमा कोषका तत्कालिन कोषाध्यक्ष हालका सदस्य सचिव थापा र निर्वतमान सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको हो ।अख्तियारले पशुपतिक्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनिविशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।