image
image
सुन तस्करी प्रकरण : छानबिन गर्न पूर्व न्यायधीश आचार्यको नेतृत्वमा आयोग गठन

सुन तस्करी प्रकरण : छानबिन गर्न पूर्व न्यायधीश आचार्यको नेतृत्वमा आयोग गठन


काठमाडौ, १४ असोज । सरकारले सुन तस्करी प्रकरणमा छानबिन गर्न पूर्व न्यायधीश डिल्लीराम आचार्यको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले, सुन तस्करी प्रकरणमा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकको निणर्य सुनाउँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘गृह मन्त्रालयको प्रस्तावमा सुनको अबैध तस्करी नियन्त्रण गर्न सुझावसहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग गठन गर्ने जुन निणर्य थियो त्यो अनुरुप उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन भएको छ । जसमा अर्थविज्ञको रुपमा किशोरजंग कार्की, गृह मन्त्रालयको प्रनिधिको रुपमा प्रमराज जोशी र सहकुल थापा सहितको चार सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । ’

साथै सरकारले आयल सिनगमलाई पेट्रोलियम पदार्थको मूल्य यथावत गर्न निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।