image
image
प्रधानमन्त्रीद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

प्रधानमन्त्रीद्वारा छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन

 
काठमाडौ, ९ असोज । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका छन् मंगलबार बिहान छोङछिङ पुगेका प्रधानमन्त्री प्रचण्डले एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सको अवलोकन गरेका हुन् । छोङछिङमा प्रधानमन्त्री प्रचण्डलाई छोङछिङ महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले छोङछिङ विमानस्थलमा स्वागत गरे ।

सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् ।

गत शुक्रबार न्यूयोर्कबाट साताव्यापी भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड चीनमा भइरहेको १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी भए भने उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।