image
image
नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर

 

काठमाडौं, ८ असोज । नेपाल र चीनबीच १३ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेजिङस्थित ग्रेट हल अफ दि पिपलमा द्विपक्षीय वार्तापछि सम्झौतापत्रमा हस्तार भएको हो ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको उपस्थितिमा नेपाल र चीनका अधिकारीबीच एक समझदारी र १२ वटा सम्झौता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

सो अवसरमा कृषि तथा पशुपंक्षी, प्राविधिक, औषधीजन्य वस्तुको आयात निर्यात, नेपाली तथा चिनीयाँ पुस्तक अनवादलगायतका विषयमा सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

त्यसैगरी डिजिटल इकोनोमी प्रवद्र्धन गर्ने विषय र ग्री ऊर्जा प्रवद्र्धन तथा कार्व उत्सर्जनमा कटौतिको विषयमा पनि दुई देशबीच समझादारी भएको हो ।चीनको राष्ट्रिय विकास तथा अनुसन्धान परिषद् र नेपालको राष्ट्रिय योजना आयोगबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।