image
image
राष्ट्रकवि घिमिरेको जन्मथलोबाट प्रमिशाले ल्याइन् ’प्रेरणा’ कृति

राष्ट्रकवि घिमिरेको जन्मथलोबाट प्रमिशाले ल्याइन् ’प्रेरणा’ कृति

 

काठमाडौं, ८ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मथलो लमजुङको मर्स्यायाङ्दी गाउँपालिका–६ बाहुनडाँडाबाट तेस्रो पुस्ता पनि साहित्यमा औपचारिक रूपमा प्रवेश गरेको छ ।

राष्ट्रकविको १०४औँ जन्मजयन्ती अवसर पारेर आइतबार ‘प्रेरणा’ शीर्षकको उपन्यास विमोचन गरिएको छ । राष्ट्रकविको जन्मथलोमा उनैले स्थापना गरेको चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा ’प्रेरणा’ विमोचन गरिएको हो ।२५ वर्षीया इन्जिनियर प्रमिशा घिमिरेले आफ्नो पहिलो कृति ’प्रेरणा’ प्रकाशित गरेकी हुन् ।

कार्यक्रममा उनले भनिन्,‘जहाँबाट मैले एसएलसी सम्मको अध्ययन गरेकी थिएँ, सोही विद्यालयमा पहिलो उपन्यास विमोचन गर्ने अवसर जुराइदिनु भएकोमा घिमिरे समाज बाहुनडाँडा र चन्द्रोदय माविलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

बाहुनडाँडामा जन्मिएर हाल चितवनमा बस्दै आएका इन्जिनियर तथा साहित्यकार डा। हेमनाथ घिमिरेले ‘प्रेरणा’ विमोचन गरेका हुन् । चन्द्रोदयका पूर्वशिक्षक रामचन्द्र न्यौपाने ’वनवासी’ राष्ट्रकविको जन्मथलोमा दोस्रो पुस्ताका क्रियाशील साहित्यकार हुन् ।

’मैले चार पाँचवटा कविताका पुस्तकहरू प्रकाशित गरेको छु तैपनि अझै उपन्यास लेख्नका लागि सकस लागिरहेको छ । सानोतिनो सोचाइ र दक्षता नभई उपन्यास जस्तो बृहत् पुस्तक लेख्न सकिँदैन’ प्रेरणा विमोचनपछि प्रमुख अतिथि डा। हेमनाथले भने, ’उपन्यास मैले सरसर्ती हेरेँ उनले पहिलो पटक लेखेको जस्तो लागेन । एउटा सिद्धहस्त, परिपक्व व्यक्तित्व जस्तो लाग्यो ।’

उनले वर्तमान परिवेशमा प्रविधि र पारिवारिक कारणले कलेज पढ्ने विद्यार्थीहरूलाई मनस्थिति कस्तो असर पार्छ भन्ने विषयलाई उपन्यासले समेटेको बताए । उपन्यासकार प्रमिशाका अनुसार ’प्रेरणा’ मा वास्तविक जीवन कथामा आधारित प्रेममा असफलता पछिको सफलताको कथालाई समेटिएको छ ।

’यो उपन्यास युवा मनोविज्ञान, प्रेम र प्रेम प्राप्ति बारे उनीहरूको धारणामा आधारित छ’ उनले भनिन्, ’सामाजिक सञ्जालको प्रयोग, थ्रेड र ब्ल्याकमेलिङको नकारात्मक प्रभाव, त्यसको असर युवा जीवनमा कसरी परेको छ भनेर देखाएको छु ।’फुटकर कविता लेख्दै आएकी प्रमिशा कोभिड महामारीले आफूलाई उपन्यास लेख्नतर्फ धकेलेको बत्ताउँछिन् ।

’रुचि सानैदेखि थियो तर कोरोना अगाडि कमल चलाएकी थिइनँ’ प्रमिशाले भनिन्,’ पढाइ रोकिएको थियो, हरेक दिन केही न केही लेखिरहेको हुन्थेँ ।’उनले दोस्रो लकडाउनको समयमा उपन्यास जन्मिएको बताइन् । प्रमिषाले चिरञ्जीवी ढुङ्गानाबाट उपन्यासको विषय बस्तु पाएको बताइन् ।

’सत्य घटनामा आधारित भएकाले मलाई पनि लेख्ने रुचि बढ्दै गयो । बिहानदेखि बेलुकासम्मको साथी कोरा कागज र कलम बनेको थियो । उपन्यास लेख्न मन भएको कुरा घरमा सुनाउँदा ममी बुबाले पनि थप हौसला दिनुभयो’ उनले भनिन् ।प्रमिशाका बुबा दिननाथ र आमा कल्पना शिक्षण पेशामा छन् । उनी तीन दिदीबहिनीमध्ये जेठी छोरी हुन् ।उपन्यास ‘प्रेरणा’ को बजार मूल्य दुई सय ७५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।