image
image
सुन तस्करी प्रकरणः अनुसन्धान भद्दा मजाक जस्तो देखिएको छ : सभापति लामिछाने

सुन तस्करी प्रकरणः अनुसन्धान भद्दा मजाक जस्तो देखिएको छ : सभापति लामिछाने

काठमाडौं, ७ असोज । सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाक जस्तो देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै  अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताएका हुन् । 

उनले भने, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान दिइयो, त्यो अनुसन्धानका कुराहरु हेर्दाखेरी एउटा भद्दा मजाक जस्तो भएर गयो । आज देखिएका मान्छेहरुले, मैले त्यतिखेरै भनेको थिएँ कि जब ३ दिनपछि यो अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? सन्दिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि रु मोबाइल फर्म्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ ।

सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जतिपनि पड्किएन ।’उनले गृह मन्त्री नारायणकाजी श्रेष्ठलाई कन्फिडेन्ट प्रहरीलाई दिन नसक्नुभएको हो कि? पार्टी भित्रको दबाब तपाईंले थेग्न नसक्नुभएको हो भन्दै प्रश्न गरे । राजनीतिक हस्तक्षेपले प्रहरीले  मिडियाको साहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको भन्दै यस्तो प्रश्न गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।