image
image
सभामुखले सम्झाए आइरिस राष्ट्रपतिलाइ उनको नेपालीमा अनुबादित कविता संग्रह

सभामुखले सम्झाए आइरिस राष्ट्रपतिलाइ उनको नेपालीमा अनुबादित कविता संग्रह

 

काठमाडौं, ६ असोज । सभामुख देवराज घिमिरेले आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्ससँग शिष्टाचार भेट गरेका छन । राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

भेटघाटको क्रममा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता संग्रह स्मरण गरेका छन । उनले भने, ‘तपाईंले लेखको कविता संग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यतै राम्रो छ । नेपालीले रुचाएका छन् ।’

तत्कालिन बेलायतस्थित नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि। हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता संग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि. हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता संग्रह लोकार्पण गरेका थिए ।सभामुख घिमिरेले बयोवृद्ध राष्ट्रपति डि. हिगिन्सको सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।