image
image
प्रधानमन्त्री प्रचण्ड चीन पुगे, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

प्रधानमन्त्री प्रचण्ड चीन पुगे, राष्ट्रपति सीसँग आजै भेटवार्ता हुने

 

काठमाडौं, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका हुन् ।

अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

त्यसपछि प्रधानमन्त्री बेइजिङ जाने कार्यक्रम रहेको छ । त्यहाँ उनले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र असोज ८ गते चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्रीको चीन भ्रमण एकसाताको हुनेछ । हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ । प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्री एनपी साउदलगायत नेपालबाट आएका प्रतिनिधिमण्डलहरू पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।