image
image
साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य

साफ यू–१९ च्याम्पियनसिपमा उपाधि जित्ने नेपालको लक्ष्य


काठमाडौं, ३ असोज । काठमाडौंमा हुने साफ यू–१९ च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ । बिहीबारदेखि काठमाडौंमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक सुनिल श्रेष्ठले, समूह विजेता बनेर सेमिफाइनलमा जाने र उपाधि जित्ने लक्ष्य रहेको बताए ।

‘हाम्रो लक्ष्य भनेको पहिलो राउण्डबाट जितेर दोस्रो राउण्डमा जानु पर्यो दोस्रो राउण्डमा पुगेपछि फाइनल जित्नु पर्यो ।’, उनले भने ‘ बाहिर पनि राम्रो राम्रो खेलाडिलाई बोलाइरहेको छ । त्यो पनि यीनीहरुको लागि मोटिभेसन् हो । अहिले जस्तो प्रर्दशन देखाइरहेको छ । राष्ट्रिय टोलीमा पनि केहीले अवसर पाउँछ जस्तो लाग्छ ।’

साफ यू–१९ च्याम्पियनसिप अन्र्तगत पहिलो खेलमा नेपालले बिहीबार दिउँसो साढे ४ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार दिउँसो साढे १ बजे भारतले बंगलादेशसँग दशरथ रंगशालामा नै प्रतिस्पर्धा गर्नेछ ।

समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । त्यस्तै समुह बी मा भारत, भुटान र बंगलादेश रहेका छन् ।नेपालले यसअघि सन् २०१५ मा घरेलु मैदानमा नै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।