image
image

दाहाल-नेपाल समूहद्वारा तेस्रो चरण आन्दोलनको घोषणा

काठमाडौं माघ १२ । संसद विघटन पछि असन्तुष्ट  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूह  ओली पक्षको विरुद्धको   तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहाल-नेपाल समूहले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका कार्यक्रममा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शनसम्म रहेका बताएका छन् ।

जसअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।