image
image

मुन्धुम संस्कृति अनुसार नेम्वाङको अन्तिम संस्कार गरिने

 

काठमाडौैं, २६ भदौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।गए राती हृदयघातबाट निधन भएको नेम्वाङ पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रिय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहेका नेम्वाङको राती १ बजे निधन भएको थियो ।

 संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्के पछि मात्रै गरिनेछ । छोरा नेपाल फर्के पछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिब शरिर च्यासलस्थित केन्द्रिय कार्यालयमा राखिनेछ । एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।