image
image

सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल


काठमाडौं, २६ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन ‘संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’उनले भावपूर्ण श्रद्धान्जलीसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।एमाले उपाध्यक्ष नेम्वाङको गएराति १ बजे हृदयघातका कारण निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।