image
image

गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु : सुदन किराती

काठमाडौं, २५ भदौ । यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले टिप्पणी गरेका छन् । बौद्व जागरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताए । मन्त्री किरातीले भने “ यो सरकार प्रती आम जनताको आशा जागेको छ ।

प्रधानमन्त्रीले पनि हामी क्याविनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा म बाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’त्यस्तै यो सरकार गठनपछि धेरै काम भईरहेको जिकिर गर्दै जनतामा बिस्तारै आशा जागेको दाबी गरे । उनले भने ‘प्रधानमन्त्रीको यो स्प्रीडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब न भएको होइन तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु ।’

उनले आफूलाई भेट्न आउनेहरुमाथि समेत शंका लाग्ने गरेको तर्क गरे । ‘दलाल हरु मलाई भेट्न आँट गर्दैनन कि आफ्नै मान्छेको भेष भुषामा सिखण्डी बनेर आएका हुनकि संङ्का लाग्छ । कृपया त्यसो नगर्नुहोस देशको मुखेन्जी तपाईसंगको सम्बन्ध मेरो लागि केहि पनि होइन । देश भन्दामाथि न म छु न मेरो पद छ । जीवनको बाजी थापेर देश बनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको शुख र भोग बिलासको लागी होइन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।