image
image

तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई प्रधानमन्त्रीले दिए निर्देशन

 

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले डेडिकेटेड फिडर र ट्रंक लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि भइरहेको अध्ययन नसकिँदासम्म उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन्।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वको टोलीसँगको कुराकानीपछि प्रधानमन्त्री प्रचण्डले प्राधिकरणका प्रबन्ध–निर्देशक कुलमान घिसिङलाई टेलिफोन सम्पर्क गरी तत्काल उद्योगहरूको विद्युत् आपूर्ति बन्द नगर्न निर्देशन दिएका हुन् ।

प्राधिकरणले गत १७ भदौमा सूचना जारी गरेर डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल १५ दिनभित्र चुक्ता गर्न र बक्यौता चुक्ता नभए लाइन काटिने उद्योगहरूलाई जानकारी गराएको थियो । यसपछि महासंघको टोली सोमबार प्रधानमन्त्री प्रचण्डलाई गुहार्न बालुवाटार पुगेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।