image
image

जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल दिदैनौं :  गृह मन्त्री श्रेष्ठ


काठमाडौ, २५ भदौ । जातीय द्वन्द्व फैलिने खालका कुनै पनि षड्यन्त्र सफल हुन नदिने उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले प्रतिबद्धता जनाएका छन् । आज ललितपुरमा ज्यापु समाजको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले, जाति र भाषाको नाममा समुदायबीच द्वन्द उत्पन्न गराउने दुष्प्रयत्न भइरहेको भन्दै नेपालीहरुबीचको सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर पार्ने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताए ।

उनले भने, ‘जातीय भाषिक समुदायको बीच धार्मिक समुदायको बीच द्वन्द्व, संघर्ष पैदा गराउने एउटा वा अर्को कोणबाट दुष्प्रयत्न भइरहेको पनि हामी देख्न सक्छौँ । जो अन्जानमा त्यस्तो काममा सामेल हुनुभएको छ । उहाँहरुले हाम्रो मौलिक पहिचान बुझिदिनुहोला र आफूलाई सच्याउनु होला ।

जसले नियोजित ढङ्गले यस्तो काम गरेको छ । नेपालीहरुबीच सद्भाव सहिष्णुताको विशेषतालाई कमजोर हुन दिने छैनौं कुनै पनि षड्यन्त्र सफल हुन दिने छैनौं ।’उनले समाजलाई आधुनिकीकरण गर्ने नाममा आफ्नो परम्परा र संस्कृतिलाई बिर्सन नमिल्ने तर्क गरे । आफ्नो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरी वास्तविक अर्थको विकास र सभ्य समाजको निर्माण हुन नसक्ने उनको भनाई छ । 

उनले भने, ‘हामीले बुझ्नुपर्छ हाम्रो समाजलाई आधुनिकीकरण गर्ने भनेको ,सभ्य समाज बनाउने भनेको, विकसित समाज बनाउने भनेको आफ्नो परम्परा र संस्कृतिलाई बिर्सने होइन् । हाम्रो आफ्नो पहिचान छ । लोक संस्कृति छ । त्यो पहिचान र लोक संस्कृतिमा गर्व गर्दै त्यसको रक्षा नगरीकन वास्तविक अर्थको विकास ,सभ्य समाजको निर्माण हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।