image
image

बिपी साहित्य महोत्सव आजदेखि सुरु हुँदै


काठमाडौंं, २४ भदौ । आजदेखि ठमाडौंमा बिपी साहित्य महोत्सव २०८० सुरु हुँदैछ । प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्म जयन्तीको अवसरमा तीन दिनसम्म बिपी साहित्य महोत्सव २०८० आयोजना हुन लागेको हो । सो साहित्य महोत्सव नेपाली कांग्रेसले गर्दैछ । आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाले सो महोत्सवको उद्घाटन गर्नेछन् । महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजनामा हुन लागेको सो महोत्सवलाई भब्य र सभ्य तरिकाले समापन गराउनका लागि नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोग रहेको छ । महोत्सवमा आगामी भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।