image
image

अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित


काठमाडौं, २३ भदौ । अभिनेता पल शाह फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् । प्रेमकथाका फिल्ममा रुचाइने अभिनेता पल निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्म ‘मायावी’मा देखिन लागेका हुन् ।

डेढ वर्षपछि कमव्याकको तयारी गरिरहेका पलले अन्ततः दिवाकरको फिल्ममार्फत कमव्याक गर्न लागेका हुन् । निर्देशक दिवाकरले फिल्ममा पललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको बताए । निर्देशक श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार ‘मायावी’को घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि नै अभिनेत्री दीपिका प्रसाई नायिकाका रुपमा फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।

फिल्मका अन्य कलाकार र प्राविधिक समय अनुकुल सार्वजनिक गरिँदै जाने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए ।

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।