image
image

राज्यको एकल प्रयासले मात्र राष्ट्रका समस्याको समाधान सम्भव छैन : मन्त्री आचार्य

 

काठमाडौं, २० भदौ । राज्यको एकल प्रयासले मात्र कुनै राष्ट्रका हरेक समस्या समाधान सम्भव नहुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बताएका छन् ।

आज काठमाडौंमा आयोजित मानव बेचबिखन विरुद्धको सत्रौं राष्ट्रिय दिवस मूल समारोहमा उनले मानव बेचविखन जस्ता अपराधहरु नियन्त्रणको लागि राज्यको सबै संयन्त्र शसक्त भएर लाग्नु पर्ने बताएका हुन् ।

त्यसका लागि निजी क्षेत्र तथा आम नागरिकको पनि सहयोग आवश्यक हुने उनको भनाई छ । ‘राज्यको एकल प्रयासले मात्र मानव बेचबिखन जस्ता अपराध नियन्त्रण हुन नसक्ने हुँदा विभिन्न समाजिक संघसंस्था, गैर सरकारी संस्था, निजि क्षेत्रको अहम भुमिका रहन्छ । ’

उनले सामाजिक संञ्जालको दुरुपयोग र वैदेशकि रोजगारको बढ्दो प्रवृत्तिका कारणले अपेक्षीत रुपमा यस्ता अपराधहरु समाधान हुन नसकेको बताए । नेपाल सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्र्रिय रहेको र यसको नियन्त्रणको लागि सम्बन्धित स्टेक होल्डरसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।